अमेरिकाविरुद्धको टी-२० सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौँ । अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोली अमेरिकाविरुद्ध भएको तीन खेलको टि-२० सिरिजमा क्लिन स्विप गरेको छ । सोमबार बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि आसिफ शेखले अर्धसतक पूरा गरे । आसिफले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाउँदै नटआउट रहँदा अनिल शाहले १३ रन थपे ।

अमेरिकाको लागि जुअनोए ड्राइडाले र जस्दिप सिंहले सामना एक/एक विकेट लिए ।

यसअघि ग्रान्ड पेरी स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । अमेरिकाको लागि साइतेजा मुक्कामल्लले सर्वाधिक ६८ रन बनाए ।  उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३, आरोन जोन्सले १३ र हर्मित सिंहले १० रन बनाए ।

नेपालको लागि सोमपाल कामीले ४ ओभरमा २७ रन दिएर तीन विकेट लिंदा रिजन ढकाल र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रन र दोस्रो खेलमा सुपर ओभरमा हराएको थियो । नेपालले पहिलोपटक सिरिजमा क्लिनस्विप गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *