पूर्व जनरल प्रबोओले इन्डोनेसियाको राष्ट्रपतिका रूपमा सपथ ग्रहण

जकार्ता । पूर्व जनरल प्राबोओ सुबियान्तोले आइतबार इन्डोनेसियाको राष्ट्रपति पदको सपथ लिएका छन् ।

सेनामा रहँदा अधिकार हननको आरोप लागेका ७३ वर्षीय उग्र राष्ट्रवादी प्रोबोओले निवर्तमान नेता जोको विडोडोको उत्तराधिकारीका लागि संसद्मा सपथ लिएका हुन् ।

उनले सपथ ग्रहणपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा भने, “हाम्रो प्रयास भ्रष्टाचार नियन्त्रण गर्ने र लोकतन्त्रको रक्षा गर्ने कुरामा हुनेछ ।”

प्रबोओले आफूलाई इन्डोनेसियाको असंलग्न विदेश नीतिप्रति प्रतिबद्ध गदै विश्व मञ्चमा थप सक्रियताका साथ काम गर्ने सङ्केत दिएका छन् ।

आठ महिनाअघि निर्वाचित भएपछि उनी पहिलो विदेश भ्रमणका लागि चीन जानुभएको थियो र चीनसँग प्रमुख सुरक्षा सम्झौता गरेका थिए । उनले राष्ट्रपति निर्वाचित भएपछि चीन, रूस र अस्ट्रेलियालगायत एक दर्जन अन्य देशको भ्रमण गरिसकेका छन् ।

विडोडोका ३७ वर्षीय छोरा जिब्रान राकाबुमिङ राकाको समर्थनमा गत फेब्रुअरीमा भएको मतदानमा प्राबोओले राष्ट्रपति निर्वाचनमा पहिलो चरणबाट नै भारी मतसहित जित हासिल गरेका थिए ।

उनले इन्डोनेसियाको तटस्थ विदेश नीतिमा अडिग रहने बताए पनि क्षेत्रीय प्रतिरक्षालाई प्राथमिकता दिइने बताए ।

“हामी असल छिमेकी बन्न चाहन्छौं,” उनले भने ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बधाई सन्देश पठाउँदै प्राबोओसँग ‘घनिष्ठ रणनीतिक संवाद’ कायम राख्ने बताएका छन् ।

सन् १९४५ मा इन्डोनेसिया स्वतन्त्र भएपछि इन्डोनेसियाका आठौँ राष्ट्रपति बनेका प्रबोओलाई जकार्ताको सडकमा कडा सुरक्षाका बीच दशौँ हजारको सङ्ख्यामा लामबद्ध भई शुभेच्छुकले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *