पहिलो पावर प्लेमा नेपाललाई दुई सफलता

काठमाडौँ । टि-२० सिरिज अन्तर्गत अमेरिकाविरुद्ध जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले मध्यम शुरुवात गरेको छ । ग्रान्ड पेरी स्टेडियममा जारी खेलमा नेपाललाई पावर प्लेमा सोमपाल कामी र रिजन ढकालले समान एक/एक विकेट दिलाएका छन् ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले पहिलो ६ ओभरको समाप्तिमा  दुई विकेटको क्षतिमा ३८ रन बनाएको हो । हाल साइतेजा मुक्कामल्ल २१ र एरोन जोन्स ८ रन बनाउँदै क्रिजमा छन् ।

नेपालले आज दोस्रो खेलबाट दुई परिवर्तन गरेको छ । नेपालले आज करण केसी र सागल ढकालको स्थानमा कुशल मल्ल र ललित राजवंशीलाई मौका दिएको छ । यसअघि दुवै खेल आफ्नो पक्षमा पारेको नेपाल आज सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ ।

नेपालको प्लेइङ: ११- आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, रिजन ढकाल, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *