नेपाल अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौँ । टि-२० सिरिज अन्तर्गत केही बेरमा सुरु हुने अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस हारेको छ । ग्रान्ड पेरी स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपालले आज दोस्रो खेलबाट दुई परिवर्तन गरेको छ । नेपालले आज करण केसी र सागल ढकालको स्थानमा कुशल मल्ल र ललित राजवंशीलाई मौका दिएको छ । यसअघि दुवै खेल आफ्नो पक्षमा पारेको नेपाल आज सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ ।

नेपालको प्लेइङ: ११- आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, रिजन ढकाल, सागर ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *