पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै रावल, पाण्डे र तिम्सिनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै तीन नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘लामोसमय पार्टीको नीतिसँग असहमति राखेर आफ्नो विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएकामा के कति करणले त्यसप्रकारका गतिविधि गर्नुभएको हो भनेर सोध्ने निर्णय भएको छ ।’

उनीहरुले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने पार्टीको निर्णयको विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले असोज २५ गते कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए । गुरुङले एमाले पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दिएका थिए ।

एमाले नेतृ विन्दा पाण्डेले व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘साढे पाँच लाख पार्टी सदस्यकेा स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताकेा अपमान गर्ने कदम हेा येा । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीकेा सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै हेा ।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तेा सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत हेा । दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्विकार गर्नेले पार्टीकेा निर्णायक तहमा छलफल र निर्णय त परकेा कुरा जानकारी समेत नहुने गरी गरिएकेा येा निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।समय घर्की सकेकेा छैन । मनमेाहन र मदनहरुले उचेा बनाएकेा पार्टीकेा इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेकेा गैारव जेागाउने हेा भने येा ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं ।’

त्यस्तै केन्द्रीय सदस्य तिम्सिनाले भनेकी थिइन्, ‘हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ । म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु यो निर्णय फिर्ता लिइयोस् ।हामीलाई बाँचुञ्जेल एमाले भएर स्वाभिमानकासाथ उभिनेर भूमि बाँकी राखिदिनुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *