ओमानका कप्तान इल्यासले विराटनगरबाट एनपीएल खेल्ने

काठमाडौं । ओमानका कप्तान अकिब इल्यासले विराटनगर किंग्सबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । विराटनगरले आइतबार अकिबलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

३२ वर्षीय अनुभवी अलराउन्डर अकिबले ओमानबाट टी-२० आईमा ५६ खेल खेल्दै १० अर्धसतकसहित १ हजार ३ सय ३० रन बनाएका छन् । त्यस्तै उनले ४७ विकेट लिएका छन् । विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् ।

अकिब सएसोसियट राष्ट्र कोटाबाट टोलीमा भित्रिएका हुन् । हरेक टोलीले चार जना विदेशी खेलाडी भित्राउने पाउने नियम रहेको छ । जसबाट एक जना एसोसियट राष्ट्रबाट अनिवार्य हुनुपर्नेछ । यसअघिनै सबै टोलीले अक्सनबाट १० खेलाडी भित्राइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *