राष्ट्रिय भलिबल टोलीका कप्तान मान बहादुरद्वारा सन्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सन्यासको घोषणा गरेका हुन् ।

गत वर्ष साउनदेखि राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका श्रेष्ठले नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने समय आएको बताउँदै सन्यास लिएका हुन् ।

सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनी टोलीको नियमित सदस्य रहँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *