अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपाललाई सिरिज

काठमाडौं । टी-२० सिरिज अन्तर्गत भएको खेलमा नेपाल विजयी भएको छ । आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिजमा २-० को अग्रता लिएको हो । यससँगै नेपालले ३ खेल सिरिज एक खेल अगावै जितेको छ ।

सुपर ओभरमा तीन रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४ बलमा लक्ष्य भेट्टाएको हो । यसअघि ब्याटिङमा उत्रिएको अमेरिका ४ बलमा अलआउट हुँदै दुई रनमा समेटिएको थियो । नेपालको लागि सुपर ओभरमा सोमपालले दुई विकेट लिए ।

यसअघि जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । अमेरिकाको लागि एन्द्रेस गोउसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा ४ छक्का र ३ चौका हिर्काए । यस्तै साइतेजा मुक्कामालाले ४७, मिलिन्ड कुमारले १५ र शायान जाहाङिरले १४ रनले बनाए ।

नेपालको लागि करण केसीले तीन, सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्र सिंह एरीले एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले शानदार अर्धसतक पूरा गरे । उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । यस्तै अनिल शाहले २५, गुलसन झाले १९, रोहित पौडेलले १८ र करण केसीले ६ रन बनाए ।

अमेरिकाको लागि जस्दिप सिंह र नोस्थुश केन्जिगेले समान दुई/दुई विकेट लिँदा सौरभ नेत्रभाल्करले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *