काठमाडौं । टी-२० सिरिज अन्तर्गत जारी दोस्रो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । ग्राण्ड प्रेरी स्टेडियममा जारी खेलमा नेपालले अमेरिकालाई जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले शानदार अर्धसतक पूरा गरे । उनले ५४ बलमा ७ चौका र ६ छक्काको मददतमा सर्वाधिक ९२ रन बनाए । यस्तै अनिल शाहले २५, गुलसन झाले १९, रोहित पौडेलले १८ र करण केसीले ६ रन बनाए ।
अमेरिकाको लागि जस्दिप सिंह र नोस्थुश केन्जिगेले समान दुई/दुई विकेट लिँदा सौरभ नेत्रभाल्करले एक विकेट लिए ।
नेपाल आजको खेल जित्दै तीन खेलको सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो ।