साफ महिला च्याम्पियनसिप : नेपाल भुटानसँग बराबरीमा रोकियो

काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ मा घरेलु टोली नेपाल पहिलो खेलमै रोकिएको छ । शुक्रबार बेलुकी भएको समूह ‘बी’को खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलको लागि अवसर सिर्जना गरेपनि गोल गर्न असफल भएका हुन् । घरेलु समर्थकमाझ आक्रामक रुपमा मैदान उत्रिएको नेपालको लागि भुटानकी गोलरक्षक संगिता मोन्गेर बाधक बनिन् । उनी खेलको ‘प्लेयर अफ दी म्याच’पनि घोषित भइन् ।

यससँगै भुटानले नेपाल विरुद्ध एतिहासिक बराबरी खेलेको छ । यसअघिको पाँच खेलमा फराकिलो हार बेहोर्दै आएको भुटानले आज उत्कृष्ट डिफेन्सको नमुना देखाउँदै नेपालसँग अंक खोसेको हो ।

बराबरीसँगै दुवै टोलीले एक/एक अंक जोडेका छन् । आजै भएको समूहको दोस्रो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *