जर्मन चान्सलर स्कोल्ज र एर्दोगानबीच आप्रवासी समस्याबारे छलफल हुने

इस्तानबुल । जर्मन चान्सलर ओलाफ स्कोल्ज मध्यपूर्वको बढ्दो सङ्कट र आप्रवासनबारे रेसेप तैयप एर्दोगानसँग वार्तागर्न शनिबार टर्कीको भ्रमण गर्ने भएका छन् ।

पदभार ग्रहण गरेको केही महिनापछि सन् २०२२ को मार्चमा अन्तिम पटक टर्कीको भ्रमण गरेका स्कोल्जले इस्तानबुलमा राष्ट्रपति एर्दोगानलाई भेट्नेछन् ।

गत साता जर्मन अधिकारीहरूले युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द्व र आप्रवासनलाई भ्रमणको मुख्य केन्द्रबिन्दु बनाउने बताएका थिए ।

युरोपको सबैभन्दा धेरै प्रवासी रहेको जर्मनीसँग टर्कीको सम्बन्ध संवेदनशील छ र बर्लिनले एर्दोगानको नेतृत्वमा रहेको मानवअधिकार र लोकतन्त्रको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ ।

गाजामा इजरायल–हमास युद्ध सुरु भएपछि सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

एर्दोगान लामो समयदेखि गाजामा इजरायलको एक वर्ष लामो सैन्य अभियान र लेबनानमा इजरायलको घातक धक्काको कडा आलोचक रहँदै आएका छन् । एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नाजी जर्मनीका एडोल्फ हिटलरसँग तुलना गर्दै आएका छन् ।

बर्लिन इजरायलको बलियो समर्थक हो र जर्मनीले संयमको लागि आह्वान गर्दै इजरायली आत्मरक्षाको अधिकारको रक्षा गरेको छ ।

एर्दोगानले गत वर्ष जर्मनीको भ्रमण गर्दा स्कोल्जसँग द्वन्द्वलाई लिएर कडा धारणा राखेका थिए ।

अमेरिकी थिङ्क ट्याङ्क जर्मन मार्शल फन्डका ओज्गुर अनलुहिसारसिक्लीलेसँग भने, “स्कोल्जको एजेन्डाको प्रमुख विषय शरणार्थी व्यवस्थापन र सहयोग हुने सम्भावना छ किनभने युरोपभरि शरणार्थी विरोधी भावना बढिरहेको छ।”

शरण खोज्नेहरूले शृङ्खलाबद्ध हिंसात्मक अपराध र आक्रमणहरू गरेपछि स्कोल्जको सरकार यस मुद्दालाई लिएर चर्को दबाबमा परेको छ।

गत महिना बर्लिनले टर्कीका असफल शरणार्थीलाई देश निकाला गर्ने योजनालाई अघि बढाउने योजनामा अङ्कारासँग सम्झौता गरेको थियो ।

इस्तानबुलको ओजिगिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेनिज सर्टले भने, “आप्रवासन एक यस्तो विषय हुन सक्छ जहाँ दुवै राज्यहरू ‘एउटै विन्दुमा हुनेछन्।”

उनले भने, “दुवैले आफ्नो सीमाभित्र सुव्यवस्था कायम गर्ने अधिकार र दायित्व आफूहरूको रहेको र अनियमित आप्रवासी सुरक्षा खतरा भएको तर्क गर्नेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *