गुलसनले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं । टी-२० सिरिज अन्तर्गत अमेरिकाविरुद्ध जारी पहिलो खेलमा नेपालले चौथो सफलता पाएको छ । ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा युवा अलराउन्डर गुलसन झाले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।

गुलसन्ले एन्द्रेस गौसलाई ३० बलमा अनिल कुमार शाहको हातबाट क्याच आउट गराएका हुन् ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ताजा अवस्थामा ११ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ६० रन जोडेको छ । हाल मिलिन्ड कुमार ११ र शायाँ जाहान्गिर दुई रन बनाउँदै क्रिजमा छन् । यसअघि कप्तान मोनाक पटेल र एरोन जोन्स समान ३/३/ र सैतेजा मुक्कामल्लले दुई रन बनाउँदै पभिलियन फर्किएका थिए ।

नेपालको लागि रिजन ढकाल र करण केसीले समान एक/एक विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । अन्तिम दुई ओभरमा सम्हालिन नसक्दा नेपाल विजयी लक्ष्य बढाउन असफल भएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । उनले ३३ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।

यस्तै दीपेन्द्र सिंह एरीले २८, आसिफ शेख र अनिल कुमार शाहले २७/२७ तथा गुलसन झाले ११ र कुशल भुर्तेलले १० रन बनाए ।

अमेरिकाको लागि सौरभ नेत्रभाल्कर, जस्दिप सिंह र हर्मित सिंहले समान दुई/दुई विकेट लिँदा अलि खान र नोस्थुश केन्जिगेले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *