काठमाडौं । टी-२० सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकाविरुद्ध टस हारेको छ । ग्राण्ड प्रेरि स्टेडियममा शुरु खेलमा नेपालले टस हारेर पहिले ब्याटिङमा उत्रिएको हो ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज अगाडी नेपालले सिरिज खेल्न लागेको हो ।
यसअघि नेपालले क्यानडामा घरेलु टोली क्यानडा र ओमानसँग टी-२० सिरिज खेलेको थियो । उक्त सिरिजमा चार खेलमा नेपालले दुई खेल जित्दा दुई खेलमा पराजित भएको थियो ।
नेपालको प्लेइङ: ११- आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह एरी, गुलसन झा, करण केसी, सोमपाल कामी, रिजन ढकाल, सागर ढकाल