टी-२० सिरिज: भोलि बिहान नेपाल र अमेरिका भिड्दै

काठमाडौं । टी-२० सिरिज अन्तर्गत हुने पहिलो खेलमा शुक्रबार(भोलि) बिहान नेपाल र अमेरिका भिड्दै छन् । ग्राण्ड प्रेरि स्टेडियममा हुने खेल भोलि बिहान ५:४५ बजे शुरु हुनेछ ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज अगाडी नेपालले टी-२० सिरिज खेल्न लागेको हो । नेपाल र अमेरिकाले पहिलोपटक टी-२० खेल खेल्न लागेका हुन् ।

यसअघि नेपालले क्यानडामा घरेलु टोली क्यानडा र ओमानसँग टी-२० सिरिज खेलेको थियो । उक्त सिरिजमा चार खेलमा नेपालले दुई खेल जित्दा दुई खेलमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *