साफ च्याम्पियनसिपमा भारतको विजयी शुरुवात

काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ मा भारतले विजयी शुरुवात गरेको छ । बिहीबार बेलुकी भएको खेलमा पाकिस्तानलाई ५-२ गोलले हराउँदै भारतले प्रतियोगिता शुखद शुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई जित दिलाउन ग्रेस दान्मेईले दुई गोल गर्दा बाला देवी, मनिषा र ज्योती चौहानले समान एक/एक गोल गरिन् । पाकिस्तानको लागि सुहा हिरानी र कायाला सिद्दिकीले समान एक/एक गोल गरिन् ।

जितसँगै भारतले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *