अमेरिकाका विकेटकिपर ब्याट्सम्यान गौसले पोखराबाट एनपीएल खेल्ने

काठमाडौं । अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल)खेल्ने भएका छन् । पोखराले बुधबार सामाजिक सञ्जालमार्फत गौसलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

यससँगै उनी एनपीएलमा आबद्ध हुने पहिलो खेलाडी बनेका छन् । दक्षिण अफ्रिकामा जन्मिएका गौसले अमेरिकाबाट २० अन्तराष्ट्रिय खेलमा ५ सय ९८ रन बनाएका छन् । यस्तै उनले तीन एकदिवसीय खेल्दा १५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।

एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *