‘एनपीएल’ आफ्नो कम्पनी रहेको दाबी गर्दै अमिर अख्तरले बुझाए क्यानलाई सात बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । नेपालका पूर्व क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग(ईपीएल)का सञ्चालक आमिर अख्तरले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग(एनपीएल) आफ्नो कम्पनी रहेको दाबी गरेका छन् । उनले मंगलबार कम्पनी आफ्नो नाममा रहेको दाबी गर्दै क्यानलाई दाबी गर्दै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेपाल प्रिमियर लिग प्रा.लि.मा आफ्नो एकल स्वामित्व रहेको र त्यसको सबै अधिकार आफूसँग भएको दाबी रहेको अख्तरले पत्रमा जनाएका छन् । सन् २०१७ मा धनगढीमा एनपीएलको पहिलो संस्करण क्यानकै सहमतिमा आफूले आयोजना गरिसकेको पनि उनले उल्लेख गरेका छन् ।

‘एनपीएल मेरो एकल स्वामित्व भएको एनपीएल र सोसम्बन्धी सम्पूर्ण अधिकार मेरो हुनेछ भनी कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त प्रमाण पत्र प्राप्त गरेको कुरा यहाँ समक्ष पुनः अवगत गराउन चाहन्छु । नेपालको संविधानअनुसार नेपाल राष्ट्र तथा राज्य अन्तरगतका सम्पूर्ण नागरिकले देशको मूल कानून संविधानले सुनिश्चित गरेको सम्पूर्ण अधिकार नागरिकले प्राप्त गर्नेछ, यदि सो अनुसार नभए कानूनद्वारा उपचार पाउने प्रावधान जनताको लागि सुनिश्चित छ भन्ने कुरा अवगत नै होला, ’ उनले पत्रमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *