नेसन्स लिगमा फ्रान्स र इटाली विजयी

एजेन्सी । युईएफए नेसन्स लिगमा फ्रान्स र इटाली विजयी भएका छन् । आइतबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २-१ गोलले हराएको  हो ।

स्टाडे रोइ बाउडोउइनमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डाल कोलो मुआनीले दुई गोल गरे । बेल्जियमको लागि इकोमा लोइस ओपेन्डाले एक गोल गरे । खेलको ३५ औं मिनेटमा कोलो मुआनीले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा ओपेन्डाले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । ६२ औं मिनेटमा कोलो मुआनीले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स २-१ गोलले विजयी भएको हो ।

यस्तै गएरातिनै भएको खेलमा इटालीले इज्रायललाई ४-१ गोलले हराएको हो । इटालीलाई जित दिलाउन गिओभान्नी डी लोरेन्जोले दुई गोल गर्दा माटेओ रेटेगुइ र डेभिड फ्राट्टेसीले समान एक/एक गोल गरे । इज्रायलको लागि मोहम्मद अबु फानीले गोल गरे ।

जितसँगै इटाली ४ खेलबाट १० अंक जोड्दै ग्रुप ‘दुई’को शीर्ष स्थानमा रहेको छ । समान खेलबात ९ अंक जोडेको फ्रान्स, ४ अंक जोडेको बेल्जियम र अंकविहिन इज्रायल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *