साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि नेपाली महिला फूटबल टोलीको घोषणा गरेको छ । एन्फाले सोमबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

आगामी बिहीबारदेखि काठमाडौँमा शुरु हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदैछन् । आयोजक नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ‘ए’ मा रहेको छ भने समूह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको उद्धाटन खेलमा बिहीबार भारत र पाकिस्तान भिड्दैछन् । नेपालले आफ्नो पहिलो खेल शुक्रबार भुटानसँग खेल्दैछ ।

नेपाली टोली: 

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर:- गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।

मिडफिल्डर:- रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र बिमला चौधरी ।

फरवार्ड:- रश्मी कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *