व्यापारीको सहयोग लिएर पार्टी कार्यालय निर्माण साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कामः बिन्दा पाण्डे

काठमाडौं । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले व्यापारीको सहयोग लिएर पार्टी कार्यालय बनाउने कदमको विरोध गरेकी छन् ।

सोमबार सामाजिक संजालमार्फत पाण्डेले पार्टीको यो निर्णयले साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भाटभटेनी सुपरस्टोरका संचालक मीनबहादुर गुरुङले दिएको १० रोपनी १४ आना जग्गामा भवन निर्माणका लागि सिलान्यास गरेका थिए ।

उनले भनेकी छन्, ‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *