टंकबहादुरको ‘दिलमायाको चिया दोकान’

फुङ्लिङ (ताप्लेजुङ) । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गीत सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा ‘दिलमायाको चिया दोकान’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिने जनाइएको छ । पाथीभरा क्रिएसन हाउसका प्रमुख हर्कराज गुरुङले गीतको म्युजिक भिडियो निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

गीतमा राजनराज शिवाकोटीको सङ्गीत, मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर समावेश गरिएको छ । साना उद्यमी र ताप्लेजुङको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा गीतका शब्दले विशेष भूमिका खेल्ने गायक श्रेष्ठले बताए ।

उनकाअनुसार ‘दिलमायाको चिया दोकान’ले चिया पसलजस्तो सानो व्यवसायलाई सम्मान दिनुका साथै व्यावसायिक अनुशासन, लगनशीलता र इमान्दारिता झल्काउने प्रयास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *