लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

एजेन्सी । फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा डिपोर्टिभो आल्भेसलाई ३-० गोलले हराउँदै बार्सिलोनाले आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

इस्टाडियो डी मेन्डीजोरोजामा भएको खेलको सातौँ मिनेटमा राफिन्हाको क्रसमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा राफिन्हाकै पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३२ औं मिनेटमा गार्सियाको पासमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर बार्सिलोनालाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३-० गोलले विजयी भएको हो । जितसँगै बार्सिलोना ९ खेलबाट २४ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १० अंक जोडेको आल्भेस १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *