चलचित्रका मुख्य अंशहरूको भिडियो अनधिकृतरुपमा सामाजिक सञ्जालमा नराख्न बोर्डको आग्रह

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार सूचना जारी गरी बोर्डले चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने भन्दै प्रतिलिपि अधिकार ऐन अन्तर्गतको सजाय हुने व्यवस्था जनाएको छ ।

बोर्डले भनेको छ, ‘अर्काको सिर्जना तथा सम्पत्तिको गैर कानुनी रूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ । त्यसैले चलचित्रघर भित्र मोबाइल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ । चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत रूपमा कहिल्यै प्रयोग नगरौँ, दण्ड,जरिवाना र क्षतिपूर्तिबाट बचौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *