काठमाडौं । कर्णाली यश्विसले एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित निकालेको हो । बुधबार दिउँसो भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेटपनि २५-२२ र तेस्रो सेट २९-२७ ले जित्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।
यसअघि कर्णालीले पहिलो खेलमा मधेश युनाइटेड र दोस्रो खेलमा गण्डकी थन्डर्सलाई हराएको थियो ।