कर्णाली । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकालगायतका देशका विभिन्न स्थानमा बाढीपहिराेबाट भएकाे जनधनकाे क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकाेप उद्वार काेषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले कर्णाली प्रदेशसभाकाे चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस निर्णयसमेत गरेको छ ।