एभरेस्ट महिला भलिबल लिगमा ललितपुरको विजयी सुरुवात

काठमाडौँ । एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले विजयी सुरुवात गरेको छ। सोमबार दिउँसो भएको उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सलाई ३-१ को सोझो सेटमा हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्खेपको कबर्डहलमा भएको खेलमा ललितपुरले पहिलो सेट २५-२० ले जितेको थियो । दोस्रो सेट काठमाडौँले २५-२१ ले जित्दै खेलमा बराबरी गरेको थियो । तर त्यसपछिको लगातार दुई सेट जित्दै ललितपुर खेलमा विजयी भएको हो । ललितपुरले तेस्रो सेट २५-२१ र चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *