बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सोमबार सर्वोच्च अदालत प्रशासनले बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गरेको हो ।

अध्यक्ष घिमिरेले न्याय परिषद्ले न्यायाधीश सिफारिस गरेको विषयलाई घुसको हिसाब मिलानको विषयसँग जोडिएको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिपछि घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरिएको हो ।

अध्यक्ष घिमिरेले न्याय परिषद्ले दुई जना न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेपछि प्रधानन्यायाधीशले घुस खाएको आरोप लगाएका थिए । न्याय परिषद्ले दुई जना न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई नियुक्तिका लागि सिफारिस गर्ने बैठकको दिन पनि बारले बैठकस्थलबाहिर धर्ना दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *