त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा ओमानलाई ३७ रनले पराजित गर्दै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछाएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । ओमानको लागि सोहिब खानले सर्वाधिक ४५ रन बनाउँदा रफिउल्लाहले ३३ रन बनाए । यस्तै फायाज बटले १७ रन बनाउँदा प्रतिक अथाभाले १५ र खलिद कालीले ११ रन बनाए ।

नेपालको लागि करण केसीले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिँदा कुशल भुर्तेल र गुलसन झा लेसमान दुई/दुई विकेट लिए ।

यस्तै रिजन ढकाल, दिपेन्द्र सिंह एरी र सन्दिप लामिछानेको नाममा एक/एक विकेट रह्यो। यसअघि किङ सिटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । नेपालको लागि गुल्सन झाले सर्वाधिक ४० रन बनाए । उनले १७ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेफले समान २७ तथा कुशल भुर्तेलले २० र दिपेन्द्र सिंह एरीले १८ रन जोडे ।

ओमानको लागि अकिब अलायसले तीन विकेट लिँदा सकिल आमेद, फयाज बट र जेसन मकसुदले समान एक/एक विकेट लिए ।

यसअघि शनिबार भएको खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । अब नेपालले भोलि मंगलबार हुने खेलमा क्यानडाकै सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *