ला लिगामा बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा ओसासुनासँग ४-२ गोलले पराजित भएसँगै बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

इस्टाडियो एल सादरमा भएको खेलमा ओसासुनालाई जित दिलाउन एन्टे बुडीमिरले दुई गोल गर्दा बार्यन जारागोजा र अबेल ब्रेटोनेसले समान एक/एक गोल गरे । बार्सिलोनाको लागि पाउन भिक्टर र लामिने यामालले समान एक/एक गोल फर्काए । १८ औं मिनेटमा बुडीमिरले गोल गर्दै ओसासुनालाई शुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जारागोजाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

५३ औं मिनेटमा भिक्टरले गोल गर्दै पाहुना टोलीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ७२ औं मिनेटमा बुडीमिरले व्यक्तिगत दोस्रो गोल गर्दै ओसासुनालाई ३-१ गोलको अग्रता दिलाए । ८५ औं मिनेटमा ब्रेटोनेसले गोल गर्दै घरेलु टोलीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ८९ औं मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोनाले ४-२ गोलको हार बेहोरेको हो । जितसँगै ८ खेलबाट १४ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट २१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *