काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब च्याम्पियन

काठमाडौं । माल्दिभ्समा भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

मालेमा भएको फाइनल खेलमा पुलिसले पहिलो सेट २५-१६ ले जित्दै खेलको शुरुवात गरेको थियो । यस्तै दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले जित्दै पुलिसले उपाधि हात पारेको थियो ।

यसअघि लिगचरणको खेलमापनि पुलिसले हुमोलाई ३-० को सोझो सेटमै हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *