प्रिमियर लिगमा लिभरपुल विजयी, युनाइटेड रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी हुँदा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एएफसी बर्नामाउथलाई ३-० गोलले हराएको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले दुई गोल गर्दै डार्विन नुनेजले एक गोल गरे । खेलको २६ औं मिनेटमा कोनाटेको पासमा डियाजले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा एलेक्सादर-आर्नोल्डको पासमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

३७ औं मिनेटमा सलाहको पासमा नुनेजले गोल गर्दै लिभरपुललाई ३-० गोलको अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लिभरपुल ३-० गोलले विजयी भएको हो ।

जितसँगै लिभरपुल ५ खेलबाट १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट ५ अंक जोडेको बर्नामाउथ १३ औं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अन्य खेलमा क्रिस्चल प्यालेस र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेल्दा टोटेन्हामले ब्रेन्टफोर्डलाई ३-१ गोलले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *