महिला लिगमा पुलिसको चौथो जित

काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले चौथो जित निकालेको छ । शनिबार दिउँसो भएको खेलमा वालिङ नगरपालिकालाई २-० गोलले हराउँदै पुलिस लिगको तेस्रो स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन सम्झना लावतीले दुई गोल गरिन् । उनले  खेलको ६७ औं र इन्जुरी समयमा गोल गरेकी हुन् ।

जितसँगै पुलिस ७ खेलबाट १५ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेल बाट १२ अंक जोडेको वालिङ चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *