गायक यश कुमारको ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोले सडक दुर्घटनाले निम्त्याएको अकल्पनिक निधन र त्यसले भर्खर मात्रै गम्भीर बिरामीबाट निको भएकी प्रेमीकामाथि परेको बज्रपातको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ ।

भिडियोमा मोडल अनु थापाको अभिनयले दर्शकलाई मन्त्र मुग्ध बनाउँछ । गीतको भिडियोमा गायक यश कुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीले अभिनय गरेका छन् । हरि हुमागाईले खिचेको भिडियोमा हाङ चेम्जोङको कोरियोग्राफी रहेको छ ।

गीतको फिमेल पार्टमा सशिकला राईले स्वर दिएकी छन् । समरा जोशीको मेकअप रहेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *