राष्ट्रिय फुल कन्ट्याक्ट कराते शनिबार हुने

काठमाडौँ । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके)को आयोजनामा छैटौँ आइएफकेके राष्ट्रिय तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुनेभएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट करिब एक सय खेलाडीको सहभागिता रहने आइएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ चार र महिलातर्फ दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि र ५० केजीमुनि तौल समूहमा खेल हुनेछ । महिलामा ४० केजीमुनि र ४५ केजीमुनि स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । कूल पुरस्कार राशि एक लाख ३१ हजार रहेको छ ।

एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब रु आठ लाख खर्च लाग्ने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *