महिला लिगमा आर्मी र एपीएफ विजयी

काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल एपीएफ क्लब विजयी भएको छ । शुक्रबार दिउँसो भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई १०-० गोलले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन चन्द्र भण्डारी र अमिषा कार्कीले ह्याट्रिक पूरा गरिन् । यस्तै हिमा चौधरी तीन, दीपा शाही, अन्जना राना मगर, शर्मिला थापा मगरले समान एक/एक गोल गरे ।

जितसँगै आर्मी ७ खेलबाट १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको चन्द्रपुर ७ अंकको साथ छैटौं स्थानमा रहेको छ ।

यस्तै आजै भएको पहिलो खेलमा कोशी प्रदेशलाई ८-० गोलले हराउँदै एपीएफले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले पाँच तथा अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल गरिन् ।

जितसँगै एपीएफ ७ खेलबाट १९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट कोशी प्रदेश १० अंकको साथ पाचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *