हातमा चिराक लिएर मेयर साह पुलुकिसि नृत्यमा पथप्रदर्शक

काठमाडौं ।  यँयाः (इन्द्रजात्रा) का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ।

यस क्रममा काठमाडौँ महानगरपालिकाले बिहीबार सवः भकु, पुलुकिसि, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्‍यो।

कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्शकका रुपमा सहभागिता जनाएका छन्।

कार्यक्रम यँया ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो। प्रमुख शाहसँग पुलुकिसि नृत्यमा प्रवक्ता नविन मानन्धर र मूल समारोह समितिका संयोजक आशामान संगत सहभागी भए।

यस अवसरमा उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई आमन्त्रण गरिएको थियो। नृत्य अवलोकनका लागि महानगरपालिकाका नगर सभा सदस्यहरु, कर्मचारीहरु, परम्परागत नृत्यका गुठियारहरु र जनसाधारणको बाक्लो उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *