च्याम्पियन्स लिगमा डर्टमण्ड र पीएसजी विजयी

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्ड र पेरिस सेन्ट जर्मन(पीएसजी) विजयी भएका छन् । बुधबार राति भएको खेलमा क्लब ब्रुगलाई ३-० गोलले हराउँदै  डर्टमण्डले प्रतियोगिता विजयी शुरुवात गरेको हो ।

डर्टमण्डलाई जित दिलाउन जेमी गिट्टेन्सले दुई र सेर्होउ गुइरासीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा क्यानको पासमा गिट्टेन्सले गोल गर्दै डर्टमण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ८६ औं मिनेटमा एन्मेचाको पासमा गिट्टेन्सले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाएका थिए ।

यस्तै इन्जुरी समयको पाचौं मिनेटमा गुइरासीले गोल गर्दै डर्टमण्डलाई ३-० गोलको जित दिलाएका हुन् ।

यस्तै गएरातिनै भएको अर्को खेलमा पीएसजीले जिरोनालाई १-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन आत्मघाती गोल पर्याप्त रह्यो ।

जितसँगै डर्टमण्ड र पीएसजीले समान तीन/तीन अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *