बाँकेमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, तीन गम्भीर घाइते

बाँके । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नं ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नं ३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा आज राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिए ।

रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए ।

दुवै जनाको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा आज राती मृत्यु भएको हो । दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका–४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते भएका छन् । घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *