दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार उनीसहित तीन जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *