केनको चार गोलमा बायर्नको फराकिलो जित

एजेन्सी । इंग्लिस फरवार्ड ह्यारी केनको चार गोलको मद्दतमा बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा म्युनिखले डिनामो जाब्रेबलाई ९-२ गोलले हराएको हो ।

घरेलु मैदान एल्लिनाज एरिनामा भएको खेलमा म्युनिखलाई जित दिलाउन केनले चार गोल गर्दा माइकल ओलिसेले दुई तथा राफायल गुरेइरो, लोरी साने र लियोन गोरेट्जकाले समान एक/एक गोल गरे । जाब्रेबको लागि न्रुनो पेट्कोभिक र टाकुया ओगिवाराले समान एक/एक गोल गरे । बायर्नले पहिलो हाफमा तीन र दोस्रो हाफमा ६ गोल गरेको हो ।

जितसँगै बायर्नले तीन अंक जोडेको छ । यस्तै गएरातिनै भएको अन्य खेलमा लिभरपुलले एसी मिलानलाई ३-१, स्पोर्टिंङ सिपिले लिललाई २-०, युभेन्टसले पीएसभीलाई ३-१ र एस्टन भिल्लालाई योङ ब्वाइजसँग ३-० गोलले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *