म माथि लागेको आरोप खारेज भएको छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोप खारेज भएको बताएका छन् । लामिछानेले पार्टी कार्यालयबाट शुभचिन्तकहरुसँग कूरा गर्दै आफूमाथि लागेको आरोप खारेज भएको बताएका हुन् ।

उनले भने, “हामीमाथि लागेको आरोप पूर्ण रुपमा खारेज भएको छ । यति लामो समयसम्म जुन आरोप सहेर हामी बसेका थियौ, समितिले स्पष्ट पारेको छ । सहकारीको रकम गोर्खा मिडियामा ल्याउन हाम्रो मेरो कुनै भूमिका छैन । यदि आएको पैसा र गोर्खा मिडियामा भएको बेलामा भएको जिम्मेवारी लिनुपर्छ भन्ने कुरामा हामी जिम्मेवारी मुक्त हुँदा नि हुँदैनौ । यदि कानुनले जिम्मेवार बनाउँछ भने कुनै कुरामा हामी पछाडि हट्दैनौ ।”

यस्तै लामिछानेले अझैपनि कुनै प्रमाण भए आफुलाई दिन आग्रह समेत गरेका छन् । उनले भने. ” अझैपनि समितिको समय त सकियो होला तर यसपछाडिपनि जो जोसँग प्रमाण छ मलाई ल्याएर दिनुहोला । समितिको समय सकिएपनि मेरो समय सकिएको छैन ।”

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कार्यादेशअनुसार तयार पारेको प्रतिवेदन आज प्रतिनिधि सभा बैठकमा बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *