‘होस्टेल ३’ को छायाँकन सुरु

काठमाडौं । नेपाली फिल्म ‘होस्टेल ३’ को छायाँकन सुरु भएको छ । आइतबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सुटिङ सुरु गरिएको हो । मुहूर्तमा फिल्मका मुख्य कलाकार कुलब्वाइ (पारस बम) र सिम्रन पन्तले पहिलो सर्ट दिए। चलचित्रको छायाङ्कन बोडेमा सुरु भएको छ ।

पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले जानकारी दिए । यस फिल्ममा पारससहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय छ।

अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेन र अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिकामा देखिनेछिन् । यो फिल्म फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *