कर्णालीलाई हराउँदै एपीएफ महिला लिगको शीर्ष स्थानमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार दिउँसो भएको खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ६-० गोलले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गर्दा निशा थोकर, गीता राना मगर र हिमा रावतले समान एक/एक गोल गरिन् । एपीएफले एक गोल उपहार पाएको हो ।

जितसँगै एपीएफ ५ खेलबाट १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिदा समान खेलबाट एक अंक जोडेको कर्णाली नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *