राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न प्रधानमन्त्रीलाई कांग्रेस नेता भण्डारीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी सांसद भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको ’हुर्मत लिने र सिंगो पार्टीलाई निर्देशन दिने विषय सुहाउँदो नभएको’ बताएका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति लक्षित तिखा टिप्पणीहरु चर्चामा छन् । काठमाडौ महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन् । काठमाडौं महानगरलाई व्यवस्थित बनाउनका लागि उनी क्रियाशिल नै देखिन्छन् । केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो, हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टीपंक्तिलाई निर्देशन दिने विषय त्यती सुहाउँदो लागेन । देशको एक जिम्मेवार नेता एवम् प्रधानमन्त्रीको पदमा आसीन व्यक्ति भएकाले वहाँ राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न राम्रो हुने व्यहोरा सविनय अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *