प्रिमियर लिगमा सिटी र युनाइटेड विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र युनाइटेड विजयी भएका छन् । शनिबार राति भएको खेलमा युनाइटेडले साउथाम्प्टनलाई ३-० गोलले पराजित गरेको हो ।

सेन्ट म्यारी स्टेडियममा भएको खेलमा युनाइटेडलाई जित दिलाउन म्याथेस डी लाइट, मार्कुस रासफोर्ड र एलेजान्द्रो गार्नाचोले समान एक/एक गोल गरे । खेलको ३५ औं मिनेटमा ब्रुनो फर्नान्डेजको क्रसमा डी लाइटले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा डिएल्लोको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा डालोटको पासमा गार्नाचोले गोल गर्दै युनाइटेडलाई ३-० गोलको जित दिलाएका हुन् ।

जितसँगै युनाइटेड ४ खेलबाट ६ अंक जोड्दै लिगको दसौं स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन साउथाम्प्टन १९ औं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २-१ गोलले पराजित गरेको हो । इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन इर्लिंग ब्राउट हालान्डले दुई गोल गर्दा ब्रेन्टफोर्डको लागि योअने विस्साले एक गोल गारे ।

जितसँगै सिटी ४ खेलबाट १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६ अंक जोडेको ब्रेन्टफोर्ड नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *