अमृत अधिकारीको ‘मनको शान्ति’

काठमाडौं । दोहोरी गायक अमृत अधिकारीले ‘मनको शान्ति’ बोलको गीत ल्याएका छन् । गीतमा अमृतसँगै शान्तिश्री परियार, रामचन्द्र चन्द र सुनिता बुढा क्षेत्रीको स्वर छ। ।

विक्रमबाबु विश्वकर्माको शब्द रचना, नन्दु परियारको संगीत रहेको गीतलाई कृष्ण बि.कले एरेन्ज गरेका छन् । अधिकारीले ’दाइको ससुराली गाउँ’ गीत ल्याएको २० वर्षपछि ‘मनको शान्ति’ सार्वजनिक गरेका हुन् ।

यसको भिडियोमा रामचन्द्र अधिकारी, बिमल अधिकारी, जुना गुरुङ, यशु भट्टराईलगायतको अभिनय छ । मौसम हिमालीले भिडियोको निर्देशन गरेका हुन्। यसमा करन चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *