सुनको मूल्यमा नयाँ कीर्तिमान,  तोलाको  एक लाख ५६ हजार तीन सय

 

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला  ६५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि  एक हजार आठ सय ६०  रुपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *