बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र दाहालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *