माओवादीको अवरोधका कारण संसद बैठक भदौ ३० सम्मका लागि स्थगित

काठमाडौं । माओवादीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक भदौ ३० गते सम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा ‘हिंसा’ असंसदीय शब्द नभएको सभामुखको रुलिङपछि माओवादीले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो ।

माओवादी सांसदले लगातार विरोध गरेपछि केहीबेर एमाले र माओवादका सांसदबीच आरोप प्रत्यारोपसमेत चलेको थियो । त्यसपछि सभामुखले भदौ ३० गते आइतबार बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *