बालोन डी’ओरको अन्तिम मनोनयनमा परेनन् मेस्सी र रोनाल्डो

एजेन्सी । बालोन डी’ओर अवार्डको अन्तिम ३० मनोनयन सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक भएको सूचीमा २१ वर्षपछि विश्व सुपरस्टार दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पर्न असफल भएका छन् । सन् २००३ पछि पहिलो पटक मेस्सी र रोनाल्डोबिना अवार्डको प्रारम्भिक सूची सार्वजनिक भएको हो ।

मेस्सीले कीर्तिमानी आठ पटक र रोनाल्डोले पाँच पटक अवार्ड जितेका थिए ।

सूचीमा इङ्ल्यान्ड र स्पेनका समान ६-६ खेलाडी छन् । जहाँ रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका ७ खेलाडी अन्तिम मनोनयनमा रहेका छन्।

स्पेनको ६ खेलाडीमा विंगर लामिन यमल निको विलियम, एलेजान्ड्रो ग्रिमाल्डो, डानी ओल्मो, रोड्रि, र डानी कार्भाजाल छन् । इङ्ल्यान्डबाट कप्तान ह्यारी केन, बुकायो साका, डिक्लेन राइस, कोल पाल्मर र फिल फोडन रहेका छन्।

रियाल मिड्रडरबाट सात खेलाडी छन्। जसमा केलियन एब्बाप्पे, जुड बेल्लिन्घाम, भिनिसियस जुनियर, टोनी क्रुस, एन्टेनियो रुडिगर र फेडेरिको भाल्भेर्डे छन् ।

बालोन डी’ओरको अन्तिम विजेता अक्टोबर २८ पेरिसमा हुनेछ।

यस्तो छ अन्तिम ३० को सूची

जुड बेल्लिन्घाम (इंग्ल्याण्ड र रियल म्याड्रिड), रुबेन डियास (पोर्चुगल र म्यानचेस्टर सिटी), फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी), फेडेरिको भल्भेर्दे (उरुग्वे र रियल म्याड्रिड), इमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला), अर्लिङ हालान्ड (नर्वे र म्यानचेस्टर सिटी), निको विलियम्स (स्पेन र एथलेटिक बिल्बाओ), ग्रानिट जाका (स्विजरल्यान्ड र बायर लेभरकुसेन), आर्टेम डोभ्बिक (युक्रेन र रोमा), टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड), भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड), डानी ओल्मो (स्पेन र बार्सिलोना), फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन), मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल), म्याट्स हुम्मल्स (जर्मनी, स्वतन्त्र खेलाडी), रोड्री (स्पेन र म्यानचेस्टर सिटी), ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख), डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल), भिटिन्हा (पोर्चुगल र पेरिस सेंट-जर्मेन), कोल पामर (इंग्ल्याण्ड र चेल्सी),डानी कार्भाहल (स्पेन र रियल म्याड्रिड). लामिन यामाल (स्पेन र बार्सिलोना), बुकायो साका (इंग्ल्याण्ड र आर्सेनल), हाकान चाल्हानोग्लु (टर्की र इन्टर मिलान), विलियम सालीबा (फ्रान्स र आर्सेनल), किलियन एम्बाप्पे (फ्रान्स र रियल म्याड्रिड), लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान), अडेमोला लुकम्यान (नाइजेरिया र अटलान्टा), एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड), अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *